एसीसी प्रिमियर कपको समूह चरणमा नेपालको शतप्रतिशत जित

साउदी अरब ६ विकेटले पराजित

नेपालभ्युज

एसीसी प्रिमियर कपको समूह चरणमा नेपालको शतप्रतिशत जित

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणमा नेपालले शतप्रतिशत जित हासिल गरेको छ।

अल अमिरात क्रिकेट मैदानमा बुधबार समूहको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गर्यो ।

७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि गुल्शन झाले सर्वाधिक ३२ रन बनाए । कप्तान रोहित कुमार पौडेल १६ रनमा अविजित रहे भने दीपेन्द्र सिंह ऐरी १७ रनमा आउट भए ।

पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभर खेलेर ७ विकेट क्षतिमा ७३ रन बनाएको थियो । साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए।

नेपालका करण केसी र अविनाश बोहराले २–२ तथा प्रतिश जीसी र ललित राजवंशीले १–१ विकेट लिए।

ओसिलो मैदानका कारण पौने १२ बजेका लागि निर्धारित खेल सवा २ बजे सुरु भएको थियो । ८ ओभरमा सीमित गरिएको खेलमा टस जितेर नेपालले बलिङ रोजेको थियो।

समुह ‘ए’ मा रहेको नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । यो समुहबाट उपविजेताका रुपमा हङकङले सेमिफाइनलमा स्थान पक्का गरेको छ।

मलेसियालाई आज फराकिलो अन्तरले हराउँदै हङकङ अन्तिम चारमा पुगेको हो । नेपालले सेमिफाइनलमा ओमान, कुवेत र यूएईमध्ये एक प्रतिस्पर्धी पाउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved