साउदी अरेबियाविरुद्ध नेपाललाई पहिलो ओभरमै विकेट

नेपालभ्युज

साउदी अरेबियाविरुद्ध नेपाललाई पहिलो ओभरमै विकेट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्ध नेपालले पहिलो ओभरमै विकेट लिएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा करण केसीले पहिलो ओभरमै साउदीका ओपनर फैजल खानलाई ६ रनमा आउट गरे ।

नेपालले टस जितेर पहिले बलिङ रोजेको हो । ओसिलो मैदानका कारण ढिला भएपछि खेल ८ ओभरमा घटाइएको छ ।

नेपालले अहिलेसम्म तीनवटै खेल जितेर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved