विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन : मन्त्री श्रेष्ठ

नेपालभ्युज

विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएकी छन् ।

मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उनले यस्तो बताएकी हुन् ।

प्राज्ञिक समूहले र प्राध्यापक तथा कर्मचारीहरूले पनि सरकारी सेवामा रहुन्जेलसम्म राजनीतिक दलको सदस्य बन्दैनौँ भन्ने संकल्प गर्न आवश्यक रहेको उनको भनाई छ ।

श्रेष्ठले प्राज्ञहरूको विज्ञता, अनुभवलाई आफूले सम्मान गर्दै सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइन् ।

शिक्षकहरू, कर्मचारीहरू राजनीतिक पार्टीको कुनै कार्यकारीमा बस्नु नहुने उनले बताइन् ।

मन्त्री श्रेष्ठले राजनीतिक नेतृत्वहरूसँग भेट्दा पनि राजनीतिक दलको सदस्यता दिन पाउनु हुन्न भनेर खबरदारी गर्न आवश्यक रहेको बताइन् ।

शिक्षा क्षेत्र शिक्षा मात्र नभइ समाजमा चेतना दिने क्षेत्र भएको श्रेष्ठले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved