लगातार तेस्रो जितसँगै नेपाल प्रिमियर कपको सेमिफाइनलमा, हङकङमाथि देखायो रवाफ

नेपालभ्युज

लगातार तेस्रो जितसँगै नेपाल प्रिमियर कपको सेमिफाइनलमा, हङकङमाथि देखायो रवाफ

काठमाडौं। नेपाल एसीसी प्रिमियर कप क्रिकेटमा एक खेल अगावै सेमिफाइनल पुगेको छ। लगातार तेस्रो जित हासिल गर्ने क्रममा आज नेपालले हङकङमाथि रवाफ देखाएको छ ।

लगातार ३ खेलमा जित हासिल गरेको नेपाल ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । अब नेपालले साउदी अरेबियासँग खेल्न बाँकी छ ।

ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा नेपालले हङकङलाई ८ विकेटले पराजित गर्यो । ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट क्षतिमा पार गरेको थियो ।

नेपालका लागि आसिफ शेखले ४० र कुशल भूर्तेलले ३२ रन बनाए। कप्तान रोहित कुमार पौडेल २५ र सन्दीप जोरा १९ रनमा अविजित रहे।

पहिले ब्याटिङ गरेको हङकङ १७.५ ओभरमा ११४ रन बनाउँदा अलआउट भएको थियो । उसका अन्शुमान रथले सर्वाधिक ३४ रन बनाए । ५ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि अविनाश बोहराले ३, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले २–२ तथा करण केसीले १ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved