सरकारको लगानी सम्मेलन सम्बन्धि अवधारणामा पूर्वप्रधानमन्त्री भट्टराईको असन्तुष्टि

नेपालभ्युज

सरकारको लगानी सम्मेलन सम्बन्धि अवधारणामा पूर्वप्रधानमन्त्री भट्टराईको असन्तुष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धि अवधारणामा नै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालमा २ वटा लगानी सम्मेलन सम्पन्न भएर पनि वैदेशिक लगानी सहज ढंगले आउन नसक्नुमा पुरानै ढाँचाको विकास नीति जिम्मेवार रहेको उनको भनाई थियो । सरकारले यही वैशाखको १६ र १७ गते काठमाडौंमा तेस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ ।

आईतवार काठमाडौंमा आयोजित नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले मन्त्रीहरुले राजदुतलाई बोलाएर हारगुहार गर्दैमा नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना नरहेको जिकिर गरे । उनले आधुनिक विकास नीति बनाएर मात्रै नेपालमा वैदेशिक लगानी भित्र्याउन सकिने तर्क गरे । स्वदेशी श्रमको परिचालन गरेर अघि बढ्नसके वैदेशिक लगानी भित्र्याउन सहज हुने पूर्वप्रधानमन्त्री भट्टराईले बताए । उनले भारत र चीनजस्ता ठूला मुलुकलाई साथमा लिएर पनि नेपालले आवश्यक लगानी भित्र्याउन सक्ने दोहोर्‍याए ।

पूर्वप्रधानमन्त्री भट्टराईले बहुराष्ट्रिय कम्पनीहरुलाई भित्र्याउने नीतिले पनि नेपालमा वाह्य लगानी बढाउने कुरामा समस्या थपिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved