इजरायलमा इरानको जवाफी ड्रोन आक्रमण, तनावको स्थिति

नेपालभ्युज

इजरायलमा इरानको जवाफी ड्रोन आक्रमण, तनावको स्थिति

काठमाडौं । इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र रकेट आक्रमण गरेको छ । इरानले ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् ।

इरानले स्थानीय समय अनुसार गएराति १ः४५ बजेदेखि आक्रमण सुरु गरेको थियो । आक्रमण सुरु गरेदेखि नै इजरायलमा तनावको स्थिति छ ।

आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको टाइम्स अफ इजरायलले जनाएको छ ।

१ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेको थियो । घटनामा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो ।

त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिँदै आएको थियो । इरानले प्रहार गरेका अधिकांश ड्रोन इजरायलले बिचमै निष्कृय पारेको थियो ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved