एसीसी प्रिमियर कप : दोस्रो खेलमा पनि नेपाल विजयी

नेपालभ्युज

एसीसी प्रिमियर कप : दोस्रो खेलमा पनि नेपाल विजयी

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गतको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ ।

शनिबार  ओमानको अल अमरेत क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रन बनायो

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको मद्दतमा ६४ रन र आसिफ शेखले ५२ रन जोडे  ।

यस्तै कतारका लागि कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रन, मोहम्मद अनाफले २३, कमरान खानले १८, अदान मिर्जाले १९, हिमांशु राथोडले १८ रन जोडे  ।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २/२ तथा कुशल मल्ल र अविनाश बोहराले १/१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved