काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा नेपालका कप्तान रोहितकुमार पाैडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा शुक्रबार मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।
नेपाल सम्मिलित समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरब छन् । टी–ट्वन्टी विश्वकपको तयारीका लागि नियमित अभ्यास गरिरहेको नेपाल एसीसी प्रिमियर कपको सशक्त दाबेदार टिम हो ।
नेपालको प्लेइङ-११
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक यादव, सोमपाल कामी, अभिनाश बोहोरा ।
Facebook Comment
Comment