काठमाडौं । इरानले इजरायलमाथि आक्रमणको तयारी गरिरहेको खबरहरु सार्वजनिक भएको छ ।
अमेरिकी सेनाले प्राप्त गरेको सूचनाअनुसार इजरायलमाथि शक्तिशाली आक्रमणको अन्तिम तयारीमा इरान जुटेको खबर बाहिरिएको हो ।
इरान १०० भन्दा बढी शक्तिशाली ड्रोन र दर्जनौँ मिसाइलमार्फत् एकैपटक इजरायलमाथि आक्रमणको योजनामा रहेको अमेरिकाको दाबी छ ।
इरान आगामी ४८ घण्टाभित्रै इजरायलमाथि शक्तिशाली आक्रमणको तयारीमा जुटेको अमेरिकी समाचार संस्था सीबीएसले जनाएको छ ।
१२ दिनअघि सीरियाको राजधानी दमास्कसमा इजरायली आक्रमणमा आफ्ना सैन्य अधिकारी मारिएको घटनाको बदला लिने तयारीमा इरान पुगेको हो ।
इरानी सर्वोच्च नेता अलि खामोनीले केही दिन अघि रमादानको अवसरमा सम्वोधन गर्दै आफ्ना सैन्य अधिकारीको ज्यान लिने इजरायललाई दण्ड दिएरै छाड्ने वाचा गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । बाइडेनले इजरायलमाथि आक्रमण गरे अमेरिका इजरायलको प्रतिरक्षामा उत्रिने भन्दै इरानलाई सचेत गराएका छन् ।
Facebook Comment
Comment