मलेसियाविरुद्ध नेपालले गुमायो एकै ओभरमा २ विकेट

नेपालभ्युज

मलेसियाविरुद्ध नेपालले गुमायो एकै ओभरमा २ विकेट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाले नेपालले एकै ओभरमा २ विकेट गुमाएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा १६ ओभरको पहिलो बलमा नेपालका कप्तान रोहित कुमार पौडेल २७ रनमा आउट भएका हुन्।

१६ ओभरकै अन्तिम बलमा दिपेन्द्र सिंह ऐरी भने २० रनमा आउट भए। दुवैलाई मलेसियाका विरनदिप सिंहले आउट गरे।

यसअघि कुशल मल्ल ७, आसिफ शेख ३२ र कुशल भूर्तेल २४ रनमा आउट भए।

मलेसियाले दिएको १४४ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved