राज्यले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा जोड दिन आवश्यक छः अध्यक्ष ढकाल

नेपालभ्युज

राज्यले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा जोड दिन आवश्यक छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकारले गुणस्तरलाई कायम गर्न नसक्ने तर मेडिकल कलेज थप खोल्न नपाउने कुरा उचित नहुने बताए । अध्यक्ष ढकालले मेडिकल कलेजहरुलाई राज्यले नियमन गर्नु जरुरी रहेको बताए । उनले निजी क्षेत्रलाई नियमन र अनुगमन राम्रोसँग गर्नुपर्ने बताए ।

उनले पछिल्लो समय धेरै नेपालीहरु विदेश गएको भन्दै नेपालमा नै गुणस्तर शिक्षा दिएर सीपयुक्त जनशक्ति बाहिर पठाउने वातावरण राज्यले बनाउनुपर्ने बताए। उनले नर्स पढेर नेपालमा १५ हजारको तलबमा काम गर्नुपर्ने तर विदेशमा त्यो भन्दा धेरै पाउने भएपछि नेपालमा त्यो जनशक्ति नबस्ने बताए । उनले मेडिकल शिक्षा अध्ययनको लागि नेपालमा आउने विदेशी विद्यार्थीलाई तोकेर नै यति लाख मात्रै रकम लिनु भन्न नहुने बताए । अध्यक्ष ढकालले निजी क्षेत्रले फाइदा मात्रै खोज्छन् उत्तरदायित्व पुरा गर्दैनन् भन्ने सोच राख्नु गलत हुने बताए। उनले निजी क्षेत्रको कुनै एक व्यक्ति वा संस्थाले गरेको गलत कामलाई लिएर समग्र निजी क्षेत्रलाई गलत भन्ने प्रवृत्ति पनि गलत भएको बताए

उनले भने,‘निजी क्षेत्रले फाइदा मात्रै खोज्छन् । यिनीहरुको अरु उत्तरदायित्व केही छैन । व्यक्तिगत र व्यवसायीक हिसावले मात्रै काम गर्छन भन्ने आम पब्लिकको बुझाई गलत छ । निजी क्षेत्रको कुनै एक व्यक्ति वा संस्थाले गरेको गलत कामलाई लिएर समग्र निजी क्षेत्रलाई गलत भन्ने गरिएको छ । त्यो पनि गलत छ ।’

उनले एक जना व्यवसायीले राम्रोसँग एउटा नचलाएको मेडिकल कलेजको पूर्वाधार कारणबाट निजी क्षेत्रको लगानी नै नियन्त्रण गराउनु राम्रो नभएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved