प्रचण्ड-ओली भेट : संसदको चालु अधिवेशनबारे छलफल

नेपालभ्युज

प्रचण्ड-ओली भेट : संसदको चालु अधिवेशनबारे छलफल
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा संसदको चालु अधिवेशन अन्त्य गर्ने विषयमा पनि छलफल भएको छ ।

नेपाली कांग्रेसले लगातार संसद् अवरोध गरिरहेको बेला दुई नेताबीच चालु अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको हो ।

यसबारे सिफारिस गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved