एमालेको सचिवालय बैठक आइतबार बस्ने

नेपालभ्युज

एमालेको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं । नेकपा एमालेले आइतबार बस्ने गरी सचिवालय बैठक बोलाएको छ । आइतबार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीबारे छलफल हुने नेताहरुले बताएका छन् ।

महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पेस गर्ने सांगठानिक र राजनीतिक प्रतिवदेनहरूको विषयमा बैठकमा छलफल गर्ने कार्यतालिका एमालेको छ ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बैशाख ८ देखि १० गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्दैछ । बैठकमा करिब २ हजार १५३ जना सहभागी हुने एमालेको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved