काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्लोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ ।
१ सय ९७ रनको लक्ष्य मुम्बईले १५ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
मुम्बईका ईशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेङ्लोरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो । बेङ्लोरका कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए ।
जितसँगै मुम्बई ५ खेलबाट २ मा जित हात पार्दै सातौं स्थानमा छ । बेङ्लोर भने ६ खेलबाट १ मा जित हात पार्दा तालिकाको नवौं स्थानमा छ । राजस्थान रोयल्स भने ५ खेलमा ४ मा जित निकाल्दा ८ अंक जोड्दै शीर्षस्थानमा छ ।
आईपीएलमा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनऊमा हुने खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।
Facebook Comment
Comment