पाठेघर सफा गर्न गएकी युवतीको मृत्यु, पीडित परिवार आक्रोशित

नेपालभ्युज

पाठेघर सफा गर्न गएकी युवतीको मृत्यु, पीडित परिवार आक्रोशित

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतको कालागाउँमा पाठेघर सफा गर्ने भन्दै उपचारमा गएकी युवतीको मृत्यु भएको छ । बिहीबार दैलेखको आठवीस नगरपालिका पिपलकोटकी २१ वर्षीय युवती रिजुका बलामीको मृत्यु भएको हो ।

अस्पतालले मृत घोषणा गर्दै शव बुझ्न परिवारलाई एक्कासि खबर गरेपछि पीडित परिवार आक्रोशित बनेका हुन् । नौ महिनाकी छोरी आफन्तलाई छोडेर बिहिवार बिहान बलामी पाठेघर सफा गर्न अस्पताल गएकी थिइन् ।

पाठेघरमा समस्या भएको भन्दै निजी अस्पतालमा चेकजाँच पश्चात् प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएको मृतकका जेठाजु हर्क बलामीले बताए । अस्पताल लगेपछि बिहिबार बिहान पाठेघर सफा गर्न भन्दै डाक्टरले काम सुरु गरेको थिए ।
परिवारलाई भेटघाट गर्न नदिएरै एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयपछि मृत्यु भएको घोषणा गरेपछि अस्पताल र सेवामा खटिएका डाक्टरको लापरबाहीका कारण उनको मृत्यु भएको मृतकका जेठाजु हर्कले आरोप लगाए ।

पीडित परिवारले लापरबाहीका कारण मृत्यु भएको बताउँदै लापरबाही गर्ने व्यक्ति र घटनाको पूर्णविवरण परिवारले पाउनुपर्ने माग राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved