काठमाडौं । काठमाडौँ उपत्यकामा हावाहुरीसहितको सामान्य वर्षा भएको छ । आइतबारदेखि वातावरण दूषित भएर राम्रोसँग घाम लाग्न नसकेको भए पनि बिहीबार अपराह्न भने वर्षा भएको हो ।
ठूलो वर्षा हुन नसके पनि सानै वर्षाले राहत मिलेको छ । प्रदूषणको कारण काठमाडौँ दूषित सहरमा गनिँदै आएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा पनि हल्का वर्षा भएको जनाएको छ ।
यो समय प्री–मनसुनको समय रहेकाले लामो समयसम्म वर्षा रहिरहन्छ भन्ने नहुने मौसमविद्हरू बताउँछन् ।
लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ ।
Facebook Comment
Comment