काठमाडौं महानगरले राप्रपालाई काट्यो पत्र, प्रदर्शनका क्रममा किन फोहोर गरेको ?

नेपालभ्युज

काठमाडौं महानगरले राप्रपालाई काट्यो पत्र, प्रदर्शनका क्रममा किन फोहोर गरेको ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई तीन दिनभित्र महानगरको कार्यालयमा उपस्थित हुन भनेको छ ।

राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनका क्रममा फोहोर गरेको भन्दै महानगरले उपस्थित हुन भनेको हो ।

प्रदर्शनका क्रममा प्रदर्शनीमार्गस्थित ट्राफिक आइल्याण्डमा क्षति पुगेको महानगरले जनाएको छ ।

‘चैत २७ गते पार्टीको प्रदर्शनीको कारण महानगरपालिका क्षेत्रमा फोहोरमैला भएको तथा महानगरपालिकाअन्तर्गत प्रदर्शनीमार्ग स्थित ट्राफिक आइल्याण्डमा क्षति पुगेको हुँदा त्यस विषयमा छलफल गर्नुपर्ने भएकाले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र कार्यालयमा उपस्थित हुन जानकारी गराउँदछु।’ पत्रमा भनिएको छ ।

मंगलबार राप्रपाले भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो । त्यसक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनमा सहभागी राप्रपा समर्थितहरूबीच झडप भएको थियो ।  प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको थियो ।

प्रदर्शनकारीले ढुङ्गामुढासमेत गरेका थिए । सोही कारण सडकमा फोहोर भएको छ ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved