तौल कम गर्न दैनिक कति हिँड्ने ?

नेपालभ्युज

तौल कम गर्न दैनिक कति हिँड्ने ?

एजेन्सी । तौल बढ्न जति सजिलो छ, घटाउने कुरा त्यति सजिलो हुँदैन । यसका लागि एकदमै धेरै महेनतको आवश्यकता पर्दछ । धेरैजसो मानिस तौल कम गर्नका लागि भारी कसरत तथा जीम जान डराउने गर्छन् । यस्तोमा तपाईं हिँडेर मात्र पनि तौल कम गर्न सक्नुहुन्छ । अब प्रश्न यो उठ्छ, तौल कम गर्नका लागि कति हिँड्नु सही हुन्छ ? यसबारेमा विशेषज्ञबाट जानौं–

  • पैदल हिँड्नु एउटा राम्रो एरोबिक कसरत हो जो सम्पूर्ण शरीरलाई स्वस्थ राख्न सहयोग गर्दछ । स्वस्थ शरीर पाउनका लागि दैनिक रुपमा कम्तीमा ८ देखि १० हजार कदम हिँड्नु राम्रो मानिन्छ । यति हिँडाईले शरीरको तौलमा पनि नियन्त्रण पाउन सकिन्छ ।
  • विशेषज्ञहरुलाई मान्ने हो भने दिनमा कम्तीमा नौ हजारदेखि दश हजार कदम हिँडेर तौललाई कम गर्न सकिन्छ । यसका साथै स्वस्थ खानपानलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।
  • राम्रो नतिजा पाउनका लागि हिँड्ने समयमा एकदमै तीव्र गतिमा वा एकदमै ढिला पनि हिँड्नु हुँदैन । हिँड्दा एकनासले हिँड्नुपर्दछ ।
  • यदी तपाईं यसलाई किलोमिटरमा जान्न चाहनुहुन्छ भने यो कम्तीमा पाँचदेखि छ किलोमिटर दैनिक रुपमा हिँड्नुलाई मानिन्छ । चाहे तपाईं यसलाई बिहानदेखि साँझको समयसम्म हिँड्न सक्नुहुन्छ ।
  • विशेषगरी बिहानको हिँडाई एकदमै प्रभावकारी हुन्छ तर तपाईं आफ्नो समय मिलाएर कुनै पनि समय हिँड्न सक्नुहुन्छ । तर राम्रो नतिजा पाउनका लागि दैनिक यसरी हिँड्नु पर्दछ ।
  • दैनिक पैदल हिँड्नु तपाईंको तौलका लागि मात्र नभएर पाचन प्रणालीका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसले शरीरमा स्फूर्ति ल्याउनका साथै भोक तथा निद्रा पनि राम्रो बनाउँछ । साथमा तनाव पनि कम हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved