बाढीको चपेटामा रूस

नेपालभ्युज

बाढीको चपेटामा रूस

मस्को । रूसका केही भागमा तेह्र हजारभन्दा बढी आवासीय भवन डुबानमा परेका छन् ।

अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको र यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेका छन् ।

ओरेनबर्ग क्षेत्रमा सात हजार ७०० भन्दा बढी मानिसलाई विस्थापित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

ओरेनबर्गको ओस्र्क सहरमा बाढीका कारण छ हजार ७०० आवासीय भवनहरू डुबानमा परेका र दुई हजार ६१६ मानिसहरूलाई विस्थापित भएका छन् ।

तापक्रममा निरन्तररूपमा औसत वृद्धिका कारण रूसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय सङ्घीय क्षेत्रमा हिउँ पग्लिँदा विपत्ति निम्तिएको छ । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved