राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

नेपालभ्युज

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित उपाध्यक्ष घिमिरेले राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष शपथ लिएकी हुन् ।

बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी थिइन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरेलगायत सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved