राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

नेपालभ्युज

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले)की विमला घिमिरे निर्वाचित भएकी छन् ।

राष्ट्रियसभा बैठकमा बहुमत सदस्यले पक्षमा मतदान गरेपछि उपाध्यक्षमा निर्वाचित गरियोस भन्ने उनको प्रस्ताव स्वीकृत भएको हो ।

पक्षमा ३९ मत र विपक्षमा १६ मत परेकाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले गरे । मत विभाजन प्रक्रियामा ५५ जना सदस्यले भाग लिएका थिए ।

उनलाई नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका सांसदले मतदान गरेका थिए ।

यसअघि नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षमा निर्वाचित गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved