राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने कांग्रेस सांसद पुडासैनीको प्रस्ताव बहुमतले अस्वीकृत

नेपालभ्युज

राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने कांग्रेस सांसद पुडासैनीको प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुन असफल भएकी छन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा बहुमत सदस्यले विपक्षमा मतदान गरेपछि उपाध्यक्षमा निर्वाचित गरियोस भन्ने उनको प्रस्ताव अस्वीकृत भएको हो ।

उनलाई कांग्रेस, लोसपा लगायतका दलले मात्रै मतदान गरेका थिए ।

उनको पक्षमा १६ र विपक्षमा ३९ मत परेको राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले जानकारी दिए । ५९ सदस्य रहेको राष्ट्रिय सभामा ५५ जना उपस्थित रहेका थिए । बुधबारको बैठकमा कांग्रेसकै एक जना अनुपस्थित रहेका थिए ।

राष्ट्रिय सभामा अहिले उपाध्यक्षमा निर्वाचित गरियोस भन्ने एमाले सांसद विमला घिमिरेको प्रस्तावमाथि मतदान प्रक्रिया सुरु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved