राष्ट्रिय सभाको उपाध्यक्षमा एकीकृत समाजवादीले एमाले उम्मेदवारलाई मत दिने

नेपालभ्युज

राष्ट्रिय सभाको उपाध्यक्षमा एकीकृत समाजवादीले एमाले उम्मेदवारलाई मत दिने

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)ले नेकपा एमाले उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

आफै उपाध्यक्षमा दाबी गरेपनि नपाएपछि एकीकृत समाजवादीले सत्तागठबन्धनकै अर्को दल एमालेका उम्मेदवारलाई मत दिने निर्णय गरेको हो ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछन् ।

उपाध्यक्षका लागि आज बुधवार १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा मतदान हुँदैछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धन एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीको बहुमत भएकाले घिमिरेको जित निश्चित जस्तै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved