काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको लागि नेपालको राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। ओमानमा हुने प्रतियोगिताका लागि १४ सदस्य टोली घोषणा भएको हो ।
एसियन क्रिकेट काउन्सिल (एसीसी)ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको छ । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने नेपाली टोलीमा अटाउन सकेनन् । आकाशबाहेक टोलीमा कुनै परिवर्तन गरिएको छैन ।
प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । नेपालसहित मलेसिया, हङकङ, साउदी अरेविया र कतार प्रिमियर कपको समूह ‘ए’ मा रहेका छन् । यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया समूह ‘बी’मा छन् ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोली एसिया कपमा छनोट हुनेछ ।
साविक विजेता नेपाल, यूएई र ओमान विजेतालाई प्रमुख दाबेदारको रूपमा लिइएको छ।
नेपालको टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, ललित राजवंशी, करण केसी, सोमपाल कामी, सन्दीप जोरा, अनिल शाह, गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि.सी. र अभिनाश बोहरा ।
Facebook Comment
Comment