संसदीय गतिरोध अन्त्यको पहलमा भएको छलफल निष्कर्षविहीन, संसद् चल्न नदिने कांग्रेसको अडान कायमै

नेपालभ्युज

संसदीय गतिरोध अन्त्यको पहलमा भएको छलफल निष्कर्षविहीन, संसद् चल्न नदिने कांग्रेसको अडान कायमै

काठमाडौं । संसदीय गतिरोध अन्त्यका लागि बालुवाटारमा भएको सहमतिको प्रयास असफल भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनु पर्ने नपर्ने अडानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष टसमस नभएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

मंगलबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने निर्णय गरेको थियो ।

सो लगत्तै सभामुख देवराज घिमिरेले गतिरोध अन्त्यको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेताको बैठक डाकेका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता कृष्ण सिटौला र महामन्त्री गगन थापा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने सहभागी थिए ।

कांग्रेसले छानबिन समिति गठन नभए संसद चल्न नदिने बताउँदै आएको छ भने सरकारले गृहमन्त्रीविरुद्ध संसदीय छानबिन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

यसैबीच सभामुख घिमिरेले संसद बैठक सञ्चालनबारे अहिले विभिन्न दलका प्रमुख सचेतकहरुसँग छलफल बोलाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved