सुनसरीको चतराधाममा महाकुम्भ मेला सुरु हुँदै, एक महिनासम्म चल्ने

नेपालभ्युज

सुनसरीको चतराधाममा महाकुम्भ मेला सुरु हुँदै, एक महिनासम्म चल्ने

काठमाडौं । सुनसरीको वराहक्षेत्र, चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आज सुरु हुँदै छ । एक महिनासम्म चल्ने महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आगामी वैशाख २८ गतेसम्म चल्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलाई नागरिकका तर्फबाट अभिनन्दन पत्रद्वारा नागरिक अभिनन्दन गरिने भएको छ।

हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२/१२ वर्षको अवधिमा कुम्भ मेला लाग्ने गरेको छ ।

कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतलाई समेत निमन्त्रणा गरिएको छ ।

मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अनुरागीको सहभागिता रहने आयोजकले बताएको छ ।

कुम्भ मेलामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकसमेत गरी दुई हजार बढी सुरक्षाकर्मी खटिनेछन् । मेलामा जाने भक्तजनका लागि खाने, बस्ने र बिरामी हुँदा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved