गर्मीमा यस्ता मसला बिर्सेर पनि नखानुहोस्

नेपालभ्युज

गर्मीमा यस्ता मसला बिर्सेर पनि नखानुहोस्

एजेन्सी । हामीले दैनिक जीवनमा खानपानका लागि विभिन्न मसला प्रयोग गर्दछौं । ती मध्ये धेरै मसला शरीरका लागि फाइदाजनक नै हुन्छन् ।

मसला सीमित मात्रामा सेवन गर्दा फाइदा नै गर्छ । तर, गर्मी मौसम लागेसँगै केही मसला शरीरका लागि हानिकारक हुन थाल्छन् । त्यस्ता मसला बारे पनि जान्नु जरुरी छ ।

आमरुपमा बेसार शरीरका लागि फाइदाजनक नै हुन्छ । यसको प्रयोग हामीले दैनिक रुपमा भान्सामा गर्छौं । गर्मी समयमा भने बेसार धेरै खानु हुँदैन । एकदमै सीमित मात्रामा यसको सेवनले फाइदा पुर्याउछ  ।

ल्वांगमा आयुर्वेदिक गुण भरपूर मात्रामा हुन्छन् । किनकी यो धेरै पोषक तत्वले भरिएको पनि हुन्छ । गर्मीको समयमा यसको धेरै प्रयोगले शरीरमा विभिन्न समस्या आउन सक्छन् ।

अदुवा धेरै सेवन गर्दा शरीरमा गर्मी बढ्न सक्छ । यसको अत्यधिक सेवनले पेट पोल्ने, दुख्ने, कब्जियत जस्ता समस्या हुन सक्छ । पाइल्सको समस्या भएकाले पनि अदुवा खानु हुँदैन ।

त्यसो त कुनै पनि मौसममा रातो खुर्सानी शरीरका लागि हानिकारक नै मानिन्छ । अझ विशेषगरी गर्मी मौसममा रातो खुर्सानी सेवन गर्नबाट एकदमै बच्नुपर्छ ।

गर्मीका दिनमा ज्वानो पनि शरीरका लागि कतिपय अवस्थामा हानिकारक हुन सक्छ । ज्वानो धेरै खाँदा शरीरको तापक्रम बढ्न सक्छ र पेट खराब पनि हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved