कांग्रेसले संसदीय छानबिन समितिको अडान कायमै राखेपछि सभामुखले बोलाएको बैठकमा जुटेन सहमति

सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन विषयमा दलहरुबीच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ ।

नेपालभ्युज

कांग्रेसले संसदीय छानबिन समितिको अडान कायमै राखेपछि सभामुखले बोलाएको बैठकमा जुटेन सहमति

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन विषयमा दलहरुबीच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ ।

सभामुख देवराज घिमिरेले सोमबार सिंहदरबारमा बोलाएको दलहरूको नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

गएको बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसले आगामी बैठकसम्म समिति नबनाए संसद्को कामकारबाही नै अवरोध गर्ने चेतावनी दिए पनि दलहरुबीच सहमति जुट्न नसकेको हो ।

सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डसहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुङ्गिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, ‘‘कांग्रेसले उठाएको विषयमा छलफल भयो । क राजनीतिक पूर्वाग्रहमा आधारित छानबिन समिति बन्न सक्दैन । त्यो जायज छैन ।  तथ्य र प्रमाणमा आधारित नभएर यो कुरा आएको छ । कांग्रेसलाई पुनर्विचार गरेर आउन भनेका छौँ । संसदीय छानबिन समिति बन्न सक्दैन ।’’

संसदीय छानबिन समिति गठन नगरी कतिपय विषय संसद्को समितिबाट गर्न सकिने विकल्प रहेको माओवादीका मुख्य सचेतक हितराज पाण्डेले बताए ।

कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानबिनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ । बैठकमा छोटो समय रवि लामिछाने पनि थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वार्थ बाझिने गरी लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले उनीमाथि छानबिन हुनुपर्ने भन्दै संसदीय छानबिन समितिको माग उठाउँदै आएको छ ।

गृहमन्त्रीले बोल्ने, विधेयक प्रस्तुत गर्ने कार्यसूचीबाहेकमा अवरोध नगरेको कांग्रेसले अब भने संसद् नै ठप्प पार्ने चेतावनी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved