यस्ता व्यक्तिले पिउनु हुँदैन जिरा पानी

नेपालभ्युज

यस्ता व्यक्तिले पिउनु हुँदैन जिरा पानी

एजेन्सी । जिराको पानी विभिन्न समस्याबाट राहत पाउनुका साथै विशेषगरी तौल कम गर्नका लागि पिउने गर्छन् । तर यसको अत्यधिक सेवन गर्दा स्वास्थ्यमा विभिन्न नोक्सान पनि हुन सक्छन् । आउनुहोस् जानौं जिरा पानी पिउनबाट कस्ता व्यक्ति जोगिनु पर्ने हुन्छ ।

कतिपय व्यक्तिलाई पाचनसँग जोडिएको समस्या हुन्छ । यस्तोमा त्यस्ता व्यक्तिले अत्यधिक जिरा पानी पिउनबाट जोगिनु पर्छ । जिरा पानी धेरै पिउँदा ग्यास, अपच जस्ता समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

मधुमेह भएका व्यक्तिले पनि अत्यधिक मात्रामा जिरा पानी पिउनु हुँदैन । यसले रगतमा सुगरको मात्रा कम हुन सक्छ । जसले गर्दा तपाईंलाई कमजोरी हुने, रिगंटा लाग्ने जस्ता समस्या हुन सक्छ ।

महिनावारीको क्रममा महिलाले पनि जिराको पानी पिउनबाट बच्नुपर्छ । किनभने जिरा पानीले वान्ता हुने तथा रक्तश्राव धेरै हुने जस्तो समस्या हुन्छ ।

पेटमा ग्यास तथा पोल्ने समस्या भएका व्यक्तिले जिरा पानी पिउनु हुँदैन । यसले ग्यास र पेट पोल्ने समस्या अझै बढ्न सक्छ ।

एकदमै पातला व्यक्तिले पनि जिरा पानी पिउनु हानिकारक हुन्छ । जिरा पानी विशेषगरी शरीरको बोसो कम गर्नका लागि पिउने भएकाले शरीरमा बोसोका मात्रा नै नभएका व्यक्तिले यो पानी पिउनु आवश्यक हुँदैन ।

यदि मिर्गौला तथा कलेजो सम्बन्धी कुनै समस्या छ भने पनि जिरा पानी नपिउनुहोस् । यसले समस्या अझै बढ्न सक्ने सम्भावना हुन्छ ।

त्यस्तै यो पानीले शरीरमा गर्मी बढाउने भएकाले गर्भावस्थाको समयमा पनि जिरा पानी पिउनु हानिकारक हुन्छ ।

जिरा पानी पिउँदा शरीरमा गर्मी बढ्छ जसको असर गर्भवती महिलासँगै पेट रहेको बच्चालाई पनि नराम्रो असर पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved