सशस्त्र प्रहरीले नियन्त्रणमा लियो ९४ कार्टुन मदिरा

नेपालभ्युज

सशस्त्र प्रहरीले नियन्त्रणमा लियो ९४ कार्टुन मदिरा

पर्सा। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म अलौ पर्साले भारततर्फ तस्करी गर्न लागिएको ९४ कार्टुन मदिरासहित सुमो गाडीलाई नियन्त्रणमा लिएको छ ।

वीरगंज महानगरपालिका–१७ स्थित कोनिया नाकाबाट भारतीय नम्बर प्लेटको बीआर १० जे ८२०१ नम्बको टाटासुमो गाडीमा अबैध रुपमा लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरीका नायव उपरीक्षक विकाश अधिकारीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । चालक भने फरार रहेका छन् ।

नियन्त्रणमा लिईएको मदिरा र गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved