नेपाल ‘ए’ ले गुमायो एकै ओभरमा २ विकेट

नेपालभ्युज

नेपाल ‘ए’ ले गुमायो एकै ओभरमा २ विकेट

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले एकै ओभरमा २ विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का भीम सार्की गोल्डन डकआउट भएका हुन्।

३० ओभरको तेस्रो बलमा कप्तान विनोद भण्डारी आउट भएलगत्तै चौथो बलमा भीम आउट भए।

उनलाई आयरल्याण्ड ‘ए’ का बेन ह्वाइटले आउट गरे। यो उनको चौथो विकेट हो। यसअघि कप्तान विनोद भण्डारी ४,नरेन भट्ट १५, देव खनाल ११, अर्जुन साउद ३६ रनमा आउट भए।

आयरल्याण्ड ‘ए’ ले दिएको २८५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved