बझाङमा ६ जनाको उम्मेदवारी दर्ता

नेपालभ्युज

बझाङमा ६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङको प्रदेशसभा १ मा उम्मेदवारी दर्ता गराउने क्रम जारी छ ।

अहिलेसम्म ६ जनाले उम्मेदवारी दर्ता गराइसकेको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिए ।

जसमा नेपाली कांग्रेसबाट अभिषेक सिंह, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट दिलबहादुर सिंह र जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री छन् ।

साथै, राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा‚नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगरले पनि उम्मेदवारी दर्ता गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved