बझाङमा तीन जनाले गरे उम्मेदवारी दर्ता

नेपालभ्युज

बझाङमा तीन जनाले गरे उम्मेदवारी दर्ता

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङको प्रदेशसभा १ मा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेकाअनुसार अहिलेसम्म विभिन्न तीन पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, नेशनल रिपब्लिक पार्टीका कमल घर्ती मगर र नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही छन् ।

अन्य दलहररु उम्मेदवारी दर्ता गर्न आउँदै गरेको लामिछानेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved