खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० प्रतिनिधि सभाबाट पारित

नेपालभ्युज

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० प्रतिनिधि सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरेको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरियोस् भनि कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले प्रश्ताव प्रस्तुत गरेकी थिईन् ।

सो प्रस्तावलाई बहुमत सांसदहरुले समर्थन जनाइ प्रतिनिधि सभाबाट पारित गरेका हुन् । सभाको बैठकमा सभामुख देवराज घिमिरेले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको घोषणा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved