निलम्बित न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

नेपालभ्युज

निलम्बित न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरी (Bhuwan Giri) लाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

यसअघि उच्च अदालतले गरेको फैसला खारेज गर्दै सर्वोच्चले उनलाई थुनामा पठाउन आदेश गरेको हो ।

हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि उच्च अदालतले गरेको आदेश बदर गरेको हो । उच्चको आदेशविरुद्ध शारदा गिरी सर्वोच्च पुगेकी थिइन् ।

कपिलवस्तु जिल्ला अदालतका तत्कालिन न्यायाधीश गिरीकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्।

काठमाडौं जिल्ला अदालतले थुनामै राख्न आदेश दिए पनि उच्च अदालतले थुनाबाहिरै रहेर मुद्दा लड्न आदेश दिएको थियो। उच्च अदालतको आदेशविरूद्धको निवेदनमा बुधबार सुनुवाइ भइरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विष सेवन गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved