काठमाडौं । व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेलगत्तै चितवन जिल्ला अदालतमा मुल्तबीमा रहेको मुद्दाको फाइल खुलेको छ ।
मंगलबार काठमाडौंबाट पक्राउ परेका कालीबहादुरलाई प्रहरीले जिल्ला अदालत चितवनमा पेस लगेलगत्तै बुधबार फाइल पुनः खोलिएको हो । उनलाई उपस्थित गराएपछि न्यायाधीश दयाराम ढकालको इजलासले मुद्दाको मिसिल सर्वोच्च अदालतबाट झिकाउन आदेश गरेको छ ।
श्रेष्ठको हत्यामा मुछिएका गोविन्द बहादुर बटालालाई सर्वोच्चले सफाइ दिने फैसला गरेपछि त्यसको पुनरावेदनका लागि मिसिल सर्वोच्च पुगेको थियो । खामलाई बुधबार चितवन लगिएको थियो ।
सर्वोच्चबाट सक्कल मिसिल प्राप्त भएपछि खामलाई अदालतमा उपस्थित गराउन न्यायाधीश ढकालले आदेश गरेका छन् । आदेशपछि खामलाई पुनः प्रहरीको जिम्मा लगाइएको श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
Facebook Comment
Comment