कोशी र गण्डकी सहित अधिकांस पहाडी भेगमा वर्षा, बाँकी क्षेत्रको मौसम सफा रहने

नेपालभ्युज

कोशी र गण्डकी सहित अधिकांस पहाडी भेगमा वर्षा, बाँकी क्षेत्रको मौसम सफा रहने

काठमाडौं । सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आज आंशिक बदली हुनेछ । कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राती पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने महाशाखाको अनुमान छ ।

सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा(Light Rain)को सम्भावना छ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी भेगका केही स्थानमा हल्का हिमपात(Snow fall)को सम्भावना छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री १ सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री पुग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved