सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् ।
मंगलबार बसेको माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिनुपर्ने निर्णय गरेको हो ।
माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने जानकारी दिए।
‘मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने निर्णय भएको छ’ उनले भने,‘भोली नै एमालेसँग सल्लाह गरेर विश्वासको मत लिने काम हुनेछ ।’
एमाले र माओवादीबीच भएको आज दिनभर वार्तामा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएर तीन दिनमा नै राजीनामा दिने अडान लिदै आएका छन् ।
Facebook Comment
Comment