काठमाडौं । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबन्डा टुङ्गो लगाएको छ । सहमति कार्यान्वयन भए सबैभन्दा सुदूरपश्चिममा धेरै पटक मुख्यमन्त्री फेरिनेछन् ।
चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले एक वर्ष नपुग्दै सरकार फेरिने छ । अझ सत्ता गठबन्धनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशसभामा छैन । यदि थियो भने सरकार झन्डै ६ महिनामै परिवर्तन हुन्थ्यो ।
शीर्ष तहबाट सबै प्रदेशमा आलोपालो गर्ने भागबन्डा टुङ्गिएको नेताहरूले बताएका छन् । अहिले पहिलो चरणमा कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुङ्गिएको छ ।
पहिलो चरणमा कोशीमा एमालेले नेतृत्व गर्दा मधेशमा जसपाको मुख्यमन्त्री हुनेछन् । बागमतीमा माओवादीकै सरकारले निरन्तरता पाउँदा गण्डकीमा एमालेले सरकार बनाउने छ ।
लुम्बिनीमा माओवादीले सरकार बनाउने छ । उता कर्णालीमा एमालेले सरकार बनाउने छ । सुदूरपश्चिममा नाउपाले सरकार बनाउने छ ।
Facebook Comment
Comment