चैत २३ र २४ गते बोलाइएको बैठक आधिकारिक होइन : अध्यक्ष श्रेष्ठ

नेपालभ्युज

चैत २३ र २४ गते बोलाइएको बैठक आधिकारिक होइन : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत २३ र २४ गते बोलाइएको बैठक आधिकारिक नभएको बताएकी छन् ।

सोमबार एक सूचना जारी गर्दै महासचिव गंगाराम चौधरीले चैत २३ र २४ गते बस्ने बैठकमा महत्वपूर्ण विषयमा छलफल हुने भन्दै पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बोलाएका थिए ।

तर, मंगलबार अध्यक्ष श्रेष्ठले एक सूचना जारी गर्दै बैठक केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई बोलाइएको बैठक आधिकारिक नभएको बताएकी हुन् ।

महासचिव चौधरी पार्टी संरक्षक रेशम चौधरी पक्षका नेता हुन् ।

सरकारमा सहभागी हुन नहुने विषयमा विवाद हुँदा नाउपा विभाजनको मुखमा पुगेको छ ।

रेशम पक्षले बाेलाएकाे बैठककाे सूचना-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved