नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम २ अर्ब २९ करोड 

नेपालभ्युज

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम २ अर्ब २९ करोड 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ दशमलव ८५ अंकले घटेर २०१० दशमलव २१ को विन्दुमा पुगेको हो ।

मंगलबार ३१२ कम्पनीका ४६ हजार २ सय ३५ पटकको कारोबारमा ६१ लाख ३१ हजार ६ सय २१ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ५३ अंकले बढेर १३५ दशमलव ९२ को विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार गर्नेमा ट्रेडिङ्स कम्पनीहरू रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved