अहिलेका असन्तुष्टिलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिन्छ : विप्लव

नेपालभ्युज

अहिलेका असन्तुष्टिलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिन्छ : विप्लव

काठमाडौं । समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द’विप्लव’ले अहिलेका असन्तुष्टिहरूलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उनले उल्लेख गरे ।

उनले गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भएपछि पूर्ण हुन नसकेको जिकिर गरे ।

महासचिव चन्दले समाजवादीहरू, कम्युनिष्टहरू, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने ? जनतालाई कसरी सुरक्षित गर्ने ? भन्नेकुरा मुल कुरा बनाएर अघि बढाउन जरूरी रहेको बताए ।

समाजवादी मोर्चाले अस्थिरता ल्याउने नभइ स्थिरतातिर देशलाई अघि बढाउने उनले दाबी गरे । उनले आज भइरहेका असन्तुष्टिहरू, समस्याहरूलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढंगले समाधान गर्न समाजवादी मोर्चाले भुमिका खेल्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved