चीनले अरूणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएपछि भारतले के भन्यो?

नेपालभ्युज

चीनले अरूणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएपछि भारतले के भन्यो?

काठमाडौं । चीनले अरूणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएको विषयमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

भारतको विदेश मन्त्रालयले यसलाई ‘बेतुका प्रयास’ भएको टिप्पणी गरेको छ।

‘चीनले भारतको अरूणाचल प्रदेशका ठाउँहरूलाई नयाँ नाम दिने बेतुका प्रयास जारी राखेको छ । हामी यस्तो कुनै पनि प्रयासको कडा विरोध गर्दछौं । अरूणाचल प्रदेशको वास्तविकता यस्ता नयाँ नामहरूले परिवर्तन हुने छैन । अरूणाचल प्रदेश भारतको एक अभिन्न र अविभाज्य अंग हो।’ मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने ।

चीनले अरूणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ ।

चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ ले रिपोर्टका अनुसार चीनको नागरिक मामिला मन्त्रालयले जाङ्गन (चीनको अरूणाचल प्रदेशको नयाँ नाम)मा ३० स्थानको नयाँ नाम जारी गरेको छ।

सन् २०१७ मा चीनले अरूणाचल प्रदेशको नयाँ नामहरूको पहिलो सूची जारी गरेको थियो। जसमा ६ वटा नयाँ नाम समावेश भएका छन् ।

सन् २०२१ मा १५ स्थानको नयाँ नाम दिइएको थियो। जहाँ सन् २०२३ मा ११ नयाँ नामहरूको सूची जारी गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved