घरमै दाँतबाट पायरिया हटाउने उपाय जानौं

नेपालभ्युज

घरमै दाँतबाट पायरिया हटाउने उपाय जानौं

हिजोआज दाँतमा पायरियाको समस्या हुनु सामान्य भइसकेको छ । तपाईं यो समस्याको घरमै पनि उपचार गर्न सक्नुहुन्छ । यसका लागि तपाईंलाई महंगो उपचार गर्नुपर्ने आवश्यकता हुँदैन ।
पायरिया के हो ?
दाँतमा विभिन्न प्रकारका ब्याक्टेरिया पाइन्छन्, जो विस्तारै दाँतको वरिपरि जम्न शुरु हुन्छन् । हामीले जुन खाना खान्छौं, त्यसले ती ब्याक्टेरियाहरुलाई पोषण प्राप्त हुन्छ । दाँतको वरिपरि जम्ने यस्ता ब्याक्टेरियालाई नै पायरिया भनिन्छ ।
कसरी हुन्छ पायरिया ?
पायरिया कैयौं कारणहरुले हुन सक्छ । यसमा सबैभन्दा मुख्य कारण ओरल हाइजिनको ध्यान नदिनुलाई मानिन्छ । मुखको सरसफाई र ब्रस सही तरिकाले नगर्दा पनि यस्तो समस्या आउन सक्छ ।
निमको प्रयोग
निममामा औषधीय गुणहरु पाइन्छ । यसले पायरियाको समस्यासँग बच्न सकिन्छ । आयुर्वेदमा निमको प्रयोग कैयौं प्रकारका विमारीहरुसँग बच्नका लागि गरिन्छ । यसका लागि तपाईं निमको रसलाई दाँतको जराहरुमा लगाउने र १० मिनेट राखेर मनतातो पानीले कुल्ला गर्ने ।
ल्वांगको तेल
पायरिया तथा दाँतका सम्पूर्ण समस्याहरुका लागि ल्वांगको तेल लगाउन सकिन्छ । ल्वांगको तेलमा एन्टीब्याक्टेरियल, एन्टीप्लाक तथा एन्टीजिंजिवाइटिस गुण पाइन्छ । यसले पायरिया तथा गिँजाको समस्याहरुलाई भगाउने काम गर्छ । मनतातो पानीमा ल्वांगको तेल राखेर कुल्ला गर्न पनि सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved