ठगी मुद्दामा ट्रम्पले १ सय ७५ मिलियन डलर धरौटी बुझाए

नेपालभ्युज

ठगी मुद्दामा ट्रम्पले १ सय ७५ मिलियन डलर धरौटी बुझाए

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प(Donald Trump)ले १ सय ७५ मिलियन डलर धरौटी बुझाएका छन् । अदालतले रोक्का गरेको सम्पत्ती सुरक्षणका लागि ट्रम्पले लाखौ डलर धरौटी बुझाएका हुन् ।

सम्पत्तीको उच्च मुल्यांकन गराई बैंकबाट अवैध आर्जन गरेको आरोपमा मुद्दा खेपिरहेका ट्रम्पलाई यसअघि अदालतले ४ सय ६४ मिलियन डलर धरौटी बुझाउन आदेश दिएको थियो ।

त्यति ठूलो रकमको धरौटी बुझाउन असम्भव भएको भन्दै ट्रम्पका वकिलले पुनरावलोकनका लागि माग गरेपछि अदालतले तत्काललाई सानो धरौटी बुझाउन भनेको हो ।

पछिल्लो धरौटी रकम बुझाएसँगै ट्रम्पको सम्पत्ती जफतहुनबाट तत्काल टरेको छ । तर उनलाई तीन वर्षसम्म न्यूयोर्कमा व्यपार व्यवसाय गर्न भने अदालतले प्रतिबन्ध लगाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved