लगानी सम्मेलनमा सहभागी हुन अमेरिकी लगानीकर्ताहरू नेपाल आउने

नेपालभ्युज

लगानी सम्मेलनमा सहभागी हुन अमेरिकी लगानीकर्ताहरू नेपाल आउने

काठमाडौं । अमेरिकी चेम्बरका लगानीकर्ताहरू लगानी सम्मेलनमा सहभागी हुन नेपाल आउने भएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वर्षमान पुनलाई नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले त्यसबारे जानकारी दिएका हुन् । आगामी वैशाख लगानी सम्मेलनमा हुँदैछ ।

भेटमा आफूहरूको तर्फबाट सक्दो सहयोग गर्ने थम्प्सनले बताएका थिए ।

लगानीको वातावरण निर्माण हुने भएकाले बढीभन्दा बढी अमेरिकी लगानीकर्ता ल्याइदिन अमेरिका सकारात्मक भएको पुनले बताए ।

भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे पनि छलफल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved