छोरीको प्रेमसम्बन्धबारे बोनी कपुरको प्रतिक्रिया : शिखर कहिल्यै जान्हवीको एक्स बन्दैनन्

नेपालभ्युज

छोरीको प्रेमसम्बन्धबारे बोनी कपुरको प्रतिक्रिया : शिखर कहिल्यै जान्हवीको एक्स बन्दैनन्

काठमाडौं । बलिउड अभिनेत्री जान्हवी कपुर र उनका प्रेमी शिखर पहाडिया प्राय: मिडियाको हेडलाइनमा रहन्छन्।

हालै फिल्म निर्माता तथा जान्हवीको बुबा बोनी कपुर एक कार्यक्रममा पुगेका थिए । मिडियासँगको कुराकानीको क्रममा बोनीलले शिखरसँगको सम्बन्धको बारेमा खुलेर बोलेका छन् ।

बोनीले भने, ‘मलाई शिखर धेरै मनपर्छ। म तिनीहरूलाई धेरै माया गर्छु। जान्हवी उनीसँग नभएको बेलादेखि नै मलाई उनी मन पर्थाे । शिखरसँग मेरो निकै राम्रो सम्बन्ध थियो ।’

बोनीले थप भने, ‘जब जान्हवी र शिखर एकअर्कालाई डेट गर्दै छैनन् भन्ने अफवाह आयो, तब पनि मलाई कतै थाहा थियो कि शिखर कहिल्यै जान्हवीको एक्स बन्दैनन् ।’

जुमलाई दिएको एक अन्तर्वार्तामा बोनीले शिखरको तारिफ गर्दै भनेका थिए, ‘मेरो सम्पूर्ण परिवारसँग उनको राम्रो सम्बन्ध छ । उसले हरेक सम्बन्धलाई राम्रोसँग राख्छ। जान्हवी, खुशी वा अर्जुन होस्, शिखर सधैं सबैलाई मद्दत गर्न तयार छन् ।’

बलिउडमा डेब्यू गर्दै शिखर

शिखरको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा उनी छिट्टै बलिउडमा डेब्यू गर्न लागेका छन् । उनी अक्षय कुमारसँग फिल्म स्काई फोर्समा देखिनेछन् । फिल्म स्काई फोर्स सन् २०२४ अक्टोबर २ मा रिलिज हुनेछ।

जान्हवीको आगामी प्रोजेक्टको बारेमा कुरा गर्दा जान्हवी कपुर चाँडै नै फिल्म ‘उलज’ मा देखिनेछिन् ।

यो फिल्ममा उनी आईएफएस अफिसरको भूमिकामा देखिनेछिन् । यसबाहेक उनी जुनियर एनटीआरसँगको फिल्म ‘देवरा’ बाट साउथमा डेब्यू गर्दैछिन् ।

जान्हवी राजकुमार रावसँग फिल्म ‘मिस्टर एण्ड मिसेस माही’ मा पनि देखिनेछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved