रोहित शर्मा आउट हुँदा खुशीयाली मनाउने समर्थकको हत्या

नेपालभ्युज

रोहित शर्मा आउट हुँदा खुशीयाली मनाउने समर्थकको हत्या

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा खुशीयाली मनाउने एक समर्थकको हत्या भएको छ ।

घटना भारतको कोहलपुरस्थित हनमंतवाडी क्षेत्रको हो ।

मार्च २७ तारिख सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच खेल चलिरहेको बेला रोहित शर्मा आउट भएपछि खुशीयाली मनाउने विपक्षी टोलीका ६३ वर्षीय समर्थकको हत्या भएको हो ।

हैदराबादका बलरले मुम्बई इन्डियन्सका ओपनर ब्याट्सम्यान रोहित शर्माको विकेट लिएपछि खुसीयाली मनाउँदा बांडुपंत टिबिले नाम गरेका व्यक्तिको हत्या भएको हो । उनी हैदराबादका समर्थक थिए ।

मुम्बईका समर्थकले बांदुपंतको टाउकोमा लाठी र ढुङ्गाले पटक–पटक हिर्काएर हत्या गरेका हुन् ।

सो खेलमा दुई सय ७८ रनको उच्च लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईका ओपनर ब्याट्सम्यान शर्मालाई हैदराबादका बलर प्याट कमिन्सले अभिषेक शर्माकाे हातबाट क्याच गराएका थिए । त्यतिबेला रोहित शर्मा २६ रन बनाउँदै क्रिजमा थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार बलवंत टिबिले र सागर झांझगे अन्य केही व्यक्तिसँग मिलेर गाउँको एक घरमा मुम्बई र हैदराबादबीचको खेल हेरिरहेका थिए । उनीहरू मुम्बईका समर्थक थिए ।

पहिले ब्याटिङ गरेको हैदराबादले उच्च रन बनाएपछि त्यहाँ म्याच हेरिरहेका मुम्बईका समर्थकहरू आक्रोशित देखिएका थिए । सोही बेला ब्याटिङ गर्न आएका रोहित पनि आउट भएपछि बलवंतले खुशीयाली मनाउँदा कुटपिट भएकाे हो ।

खेल हेरिरहेका अन्य व्यक्तिले छुट्टाएर बांदुपंतलाई अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको दोषी बलवंत र सागरलाई प्रहरीले हिरासतमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved