बजेट लेख्दैछौँ , डिस्टर्ब नगरिदिनुहोला : अर्थमन्त्रालय

नेपालभ्युज

बजेट लेख्दैछौँ , डिस्टर्ब नगरिदिनुहोला : अर्थमन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले बजेट(Budget) लेखनमा बाधा हुने भन्दै मन्त्रालयमा भिडभाड नगर्न अनुरोध गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यक बाहेक घेटघाटका लागि नआइदिन अनुरोध गरेको हो ।

बजेटमा केही सुझाव भए इमेल मार्फत सुझाव दिन सरोकारवालालाई आग्रह गरिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आउन आग्रह गरेका छन् ।

मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भौतिक भेटघाटको स्वरुप परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ । सहसचिव धनिराम शर्मा नेतृत्वको बजेट मस्यौदा लेखन समितिले काम सुरु गरिसकेको छ ।

बजेट लेखनमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा व्यवस्त भएका हुन् ।

मन्त्रालयले कर्मचारीहरु बिहानदेखि राति अबेरसम्म बजेट लेखनमा व्यस्त हुन भएकाले अनावश्यक भिडभाड नगरिदिन भनेको हो । संविधान अनुसार हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved