काठमाडौं । पहाडी भू–भागमा आंशिक देखि समान्यत बदली हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राती कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा आज राती हल्का हिमपात(Snowfall)को सम्भावना छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री पुग्ने अनुमान गरिएको छ ।
Facebook Comment
Comment